केटा केटा को माया मा लव यु म्यान



सेलेब्रिटी नेपाल कार्तिक १९ -अब नेपाली चलचित्र बजार मा पनि बिबिधता आउन थालेको छ कुनै बेला सासु बुहारी को झगडा, पिडित नारी,गरिब परिवारको कथा हरु मात्र सिनेमा मा देख्न पाइन्थ्यो अहिले कथा मा धेरै नौलो पन आउन थालेको महसुस हुन थालेको छ। तर पहिले जस्तो हल मा जाने मान्छे पाउन भने गाह्रो परेको छ। नेपाली सिनेमा भित्र फरक फरक बिषयबस्तुको खोजी भइरहेका छन् । तर बिषयबस्तुको खोजी गर्ने क्रममा अश्लिलता भित्रिएका पनि छन् । निर्देशक बी.बी फुँयालले निर्देशन गरेको दोश्रो चलचित्र ‘लभ यू म्यान’ मा केटा केटा बिचको प्रेमलाइ देखाउन खोजिएको छ ।
जेनियुम फिल्मस्को व्यानरमा तयार भएको यो चलचित्रलाइ युवराज खत्रीले निर्माण गरेका हुन् । चलचित्रमा राज आर्यन, प्रनिशा सिलवाल, सुरेश चौधरी लगायतका कलाकारको मुख्य भूमिका छ ।मंसिर १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘फुल चुडेर लग्यो’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा चलचित्रका मुख्य कलाकारले अभिनय गरेका छन् । विशेषगरी चलचित्रका वियोगान्त गीतमा नायिकालाइ नपाएपछि नायकले पोख्ने पिडालाई देखाइएको हुन्छ । यो गीतमा भने नायकले नायक नपाएपछि पोखेको पिडा देखाइएको छ ।

 

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.