वरिष्ठ लोकगायक तीर्थबहादुर गन्धर्वको निधन


Tirtha-gandharwa

(सेलिब्रेटी नेपाल) २८ भाद्र-वरिष्ठ लोकगायक तीर्थबहादुर गन्धर्वको गएराति दुई बजेतिर छाउनी हस्पिटलमा निधन भएको छ । हिजो बेलुका एक्कासी रक्तचाप बढेपछि छाउनी हस्पिटल पुगेका गायक तीर्थबहादुर गन्धर्वको उपचारका  क्रममा निधन भएको हो । मधुमेहका विरामी समेत रहेका गन्धर्वले करिब दुई सयभन्दा बढी गीत गाएका छन्  गायक गन्धर्वले दुई वर्ष अगाडि मात्र रेडियो नेपालको जागिरबाट अवकाश लिएका थिए ।

२०१० सालमा दुधेकुना तनहुँमा जन्मिएका गायक तीर्थबहादुर गन्धर्वका बल्ल पर्यो निर्माया माकुरी जालैमा…”, “गाउँभरी हल्ली र खल्ली कठैबरा साईलाको विचल्ली…”, निकै चर्चित गीत हो । विशेषगरी मौलिक संस्कृतिमा आधारित रहेर समाजमा भएको घटनाक्रमलाई आधार मानेर गन्धर्व गीतहरु सबैभन्दा बढी गाउन सफल तीर्थबहादुर गन्धर्व लोकसंस्कृतिको धरोहर नै मानिन्छन् ।उहाँको पार्थिव शरिर श्राद्धाञ्जलीका लागि नेपाल प्रज्ञाप्रतिष्ठानमा राख्ने तयारी भइरहेको र दिउसो २ बजेपछि पुशपतिमा अन्त्यष्टी गरिने लोक गायक बमबहादुर कार्कीले जानकारी दिनुभयो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.