अश्लिल चलचित्र ग्रान्ड मस्ती नेपालमा प्रतिबन्धित !


समाचार प्रभाब 

(सेलिब्रेटी नेपाल) २८ भाद्र-आज शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको हिन्दी फिल्म ‘ग्राण्ड मस्ती’ नेपालमा प्रदर्शन नहुने भएको छ । बिहिबार नेपालको चलचित्र जाँच पास समितीका सदस्यले फिल्म हेरे पश्चात फिल्ममा अश्लिलताको हद पार गरेको भन्दै प्रदर्शनको अधिकार दिएनन। भारतीय सेन्सर बोर्डले पनि करिब दुई मिनेटको सिन काटेर एडल्ट सर्टिफिकेट थियो। गत मंगलबार हिन्दी फिल्म ‘ग्राण्ड मस्ती’को नेपाल वितरणको जिम्मा पाएको दर्शना आट्सले केही अनलाइन मिडियाबाट एउटा भिडियो सम्प्रेषित गरेको थियो, जहाँ फिल्मका मुख्य कलाकार विवेक ओवराय, रितेश देशमुख र अफताबले नेपाली दर्शकलाई फिल्म हेर्न अनुरोध मात्र गरेका थिएनन्, हिट भएमा नेपाल आउने आश्वासन पनि दिएका थिए। अश्लील दृश्य काटेर प्रदर्शनको अधिकार दिन दर्शना आर्टस्ले गरेको आग्रहलाई पनि सेन्सरले अस्विकार गरेको छ। काट्नै पर्ने अश्लील दृश्य नै आधाभन्दा बढी भएकोले फिल्म चलाउनु र नचलाउनुको कुनै अर्थ नभएको सेन्सरको भनाइ रहेको छ।

Grand-Masti-poster

चलचित्रको प्रोमोमा बोलिएका सम्बाद अति नै अश्लिल छन् तर पनि सेन्सर बोर्ड बाट कुनै आपत्ति आउने छैन यसको बिषयमा नेपाली सिने क्षेत्रका अग्रज तथा दिग्गज हरुले कतै आवाज उठाएका छैनन् के यसरि हिन्दि चलचित्र लाई जस्तो पनि छुट दिने ? नेपाली चलचित्र लाई माया गर्ने हरुले यो बिषयमा बोल्ने बेला आइ सकेको छ भनेर केहि दिन अघि सेलिब्रेटी नेपालले समाचार प्रकाशन गरेको थियो अहिले सेन्सर चलचित्र चल्न नदिएर नेपाली चलचित्र लाई एक किसिमको न्याय प्रदान गरेको छ भनेर विभिन्न चलचित्र कर्मी हरु खुसि पनि भएका छन्। गोपी कृष्ण टि भी फिल्मीले फिल्म चलिरहेछ भनेर प्रोमो पनि हिजै बाट प्रसारण गर्न थालेको थियो। सेन्सर पास नभई कनै फिल्म प्रदर्शन भइ रहेछ भनेर प्रोमो बजाउनुले पनि हिन्दि फिल्मका नेपाली दलाल हरुले सेन्सर लाई कुनै महत्व नदिएको बुझिन्छ तर आज सेन्सर जे गर्यो राम्रो गर्यो एक निर्देशकले बताए।

एक्स्ट्रा म्यारिटल अफयरको कथामा केन्द्रीत ‘ग्राण्ड मस्ती’लाई इन्दइन्द्रकुमारले निर्देशन हुन्। प्रोमो सार्वजनिक भएपछि अश्लीलताले हद नाघेको भन्दै भारतमा पनि यो फिल्मले व्यापक विरोध खेप्नु परेको थियो। नेपालको सेन्सर बोर्डले यसअघि अमिर खान प्रोडक्सनको ‘देल्ली बेल्ली’लाई दुई दिनको प्रदर्शन पश्चात प्रतिबन्ध लगाएको थियो। फेरी पछि केही सिन काटेर चल्न दिएको थियो। तर ‘ग्राण्ड मस्ती’लाई भने पहिलो दिनबाटै चल्न नदिने भएको हो।