पोर्न स्टार सन्नी नाच्न नजान्ने


पोर्न फिल्मबाट बलिउड टेकेकी सन्नी लियोन जे गर्छिन् मनैदेखि गर्छिन्। तैपनि उनी निरास छिन्। उनी डान्सबारे थाहा नपाएपछि निरास बनेकी हुन्। उनले ‘शुटआउट एट वडाला’ फिल्मको ‘लैला’गीतका कारण निरास बनेकी हुन्। लैलामा उनको प्रस्तुती फितलो रहेको भन्दै उनीबारे कुरा काट्न थालिएको छ।
sunni-lion
लैलाबारे राम्रो प्रतिक्रिया नपाएकोसमेत उनी निरास बनेकी हुन्। कतिपयले त उनलाई नृत्य गर्नै नआउने प्रतिक्रियासमेत दिएकी छन्। केही दिनपछि सन्नीले आफ्ना दुई फिल्मका लागी डान्स सुट गर्नुपर्ने छ। एक्सन फिल्म ‘टीना और लोलो’ र हरर फिल्म ‘रागिनी एमएमएस २’ का लागि बनाइने आइटम गीतमा उनी देखिँदैछन्। उनले ती दुबै गीतको डान्समा स्टेपहरु कठिन भएको बताएकी छन्। आफ्नो प्रस्तुतिलाई सशक्त बनाउनकै लागि डान्स क्लासमा समय बिताइरहेकी छन्। सन्नी लियोनले पछिल्लो चरणमा बलिउडमा जम्न डान्सबारे अध्ययन हुनुपर्ने बुझेकी उनका सहयोगीहरु बताउँछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.