समयलाई उछिन्यो थ्री लभर्स ले



सेलेब्रिटी नेपाल कार्तिक १८-नेपाली चलचित्रको प्रदर्शन मिति तय गर्नु र केही समयपछि पर सार्नु निर्माताहरुको बानी नै भई सकेको छ ।अहिले बजार मा जति पनि चलचित्र रिलिज भयका छन् सबैले राम्रो व्यापार गर्न सकी रहेका छैनन् । यहि अबस्थामा चलचित्र ‘थ्री लभर्स’ ले समय को रिलिज लाई पर सारीदियको छ । मंसिर ८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने भनिएको चलचित्र ‘समय’ अन्ततः उक्त मितिमा प्रदर्शनमा नआउने भएको छ ।
निर्माता सन्देश श्रेष्ठले दिएको जानकारी अनुसार चलचित्र ‘थ्री लभर्स’ सँग सहकार्य गरेर ‘समय’ को मिति पछि सारिएको हो । सन्देशले आफ्नो चलचित्र माघ महिनामा प्रदर्शनमा आउने बताए ।राजेश हमाल, मौसमी मल्लका साथमा नव नायक विक्कीले अभिनय गरेको यो चलचित्रले दुइ पुस्ताबिच समयले ल्याउने भिन्नतालाई देखाउन खोजेको छ ।रिलिज मिति पछि सरे पछि बजार केहि सुधार होला कि भन्ने पनि निर्माता को आशा रहेको बुझियको छ ।