फत्तेमान राजभण्डारीलाई फोक्सोमा क्यान्सर


(सेलिब्रेटी नेपाल) २३ भाद्र-वरिष्ठ गायक फत्तेमान राजभण्डारीलाई फोक्सोमा क्यान्सर देखा परेको छ। उनको उपचारमा संलग्न चिकित्सक सुदीप श्रेष्ठका अनुसार फोक्सोमा क्यान्सर देखिएकाले हाल ओम हस्पिटल चाबहिलमा सघन उपचार भइरहेको छ।

Fatteman rajbhandari cbn

विसं १९९३ मङ्सिर १३ मा जन्मिएका गायक राजभण्डारीले ४०० भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिए। उनका …मर्न बरु गाह्रो हुन्न …, यस्तो पनि हुँदो रहेछ …., सान्नानीको गालैमा कालो कोठी रैछ …, बनै खायो डडेलोले मनै खायो…’ जस्ता हृदयस्पर्शी र भावनात्मक गीतहरू तथा …रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ जस्ता राष्ट्रिय गीत चर्चित छन्। वासु शशी स्मृति परिषद्का सचिव प्रद्युम्न जोशीले उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सघाउन आग्रह गरेका छन्। राजभण्डारी सो परिषद्का उपाध्यक्ष पनि हुन्। रासस

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.