उदीतनारायणको झुटो आश्वासन !


(सेलिब्रेटी नेपाल) २२ भाद्र-गीत गाएकै भरमा कति नेपालीको कति रकम खल्तीमा हाले होलान् उदीतनारायण झाले? हिसाबकिताब कोहीसँग पनि छैन तर तिनै उदीतले चलचित्र विकास बोर्डको कलाकार कल्याण कोषलाई पाँच लाख सहयोग गर्छु भनेको महिना बित्दा पनि अत्तोपत्तो छैन।
udit naryan jha cbnn

जुन देशमा गयो त्यही देशको नागरिक हुँ भन्दै जनताको सहानुभूति बटुलिहाल्ने चलाख उदीत गत महिना एक नेपाली फिल्मी अवार्डको कार्यक्रममा सहभागी हुन नेपाल आएका थिए। उनले त्यो आगमनमा सम्मान र वाहवाही पनि खुवै पाए। सायद यही कुराबाट प्रभावित भएर होला उनले चलचित्र कलाकारहरूको सहयोगका लागि आफ्नोतर्फबाट पाँच लाख सहयोग गर्ने सार्वजनिक घोषणा पनि गरे। त्यो घोषणा गरेको महिना बितिसक्दा पनि अहिले उदीतको उक्त प्रतिबद्धताप्रति कसैको चासो गएको छैन। नेपालको बसाइ रहँदा ‘वाहवाही’ कमाउन मात्र झुटो प्रतिबद्धता व्यक्त गरेका त होइनन् उदीतले? अहिले शङ्का–उपशङ्का उब्जन थालेको छ। उदीतको भारत पुगेपछि सात दिनभित्र त्यो रकम पठाउने घोषणाको मिति सकिएको पनि महिनौँ बितिसक्यो। यसरी झुटो आश्वासनमा ताली र वाहवाही पाएका उदीतले गरेको नगद सहयोगको घोषणा सही हो कि झुटो हो? त्यो भने हेर्न बाँकी नै छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.