फ्रान्सेली निर्देशक एरिक ले बनाय यार्चागुम्बा



सेलेब्रिटी नेपाल कार्तिक १८- फ्रान्सेली चलचित्र निर्देशक एरिक भ्याली लामो समयपछि शुक्रबार काठमाडौंमा देखिए । यसअघि नेपाली परिवेशलाई समेटेर ‘क्याराभान’ र ‘हनी हन्टर’ जस्ता चर्चित वृतचित्र निर्माण गरेका एरिकले यसपटक पनि नेपालकै विषयमा अर्को वृतचित्र ‘हिमालयन गोल्ड रस’ अर्थात् ‘यार्चागुम्बा’ नामक वृतचित्र निर्माण गरेका छन् ।
वृतचित्र को बारेमा जानकारी गराउन उनले शुक्रबार पहिलो पत्रकार सम्मेलनको आयोजना गरे । वृतचित्र ‘हिमालयन गोल्ड रस’ मा हिमाली क्षेत्रमा बसोबास गदै आएका एक परिवारले हिउँदको समयमा यार्चागुम्बु खोज्न गएको विषयलाई प्रस्तुत गरिएको छ ।
एरिक यसपटक आफ्नो वृतचित्र लाई नेपालमा व्यवसायिक रुपमै प्रदर्शन गर्ने बताए । ताकी, यसअघि उनले गरेका वृत चित्र व्यवसायिक रुपमा प्रदर्शन गरिएको थिएन । पत्रकार सम्मेलनमा निर्देशक एरिकले ‘हिमालयन गोल्ड रस’ लाई व्यवसायिका रुपमा नेपालमा प्रदर्शन गर्ने बताएका हुन् ।उक्त वृतचित्र क्यूएफएक्स र डिसिएनको सहकार्यमा आगामी जनवरी ११ देखि प्रदर्शन हुने भएको छ ।