पूर्वमिस नेपाल आइटम डान्समा



सेलेब्रिटी नेपाल कार्तिक १८-मलिना जोशी अव पूर्वमिस नेपाल मात्र रहिनन्। जोशीले नवराज आचार्यले निर्देशन गरिरहेको चलचित्र ‘कलिउड’ को शीर्षगीतमा नृत्य गरेकी छिन्। चलचित्रमा प्रदिप बास्तोलाको संगीतमा रिनाशा राईले कोरीयोग्राफी गरेको ‘नशा हो यो कलिउड’ गीतमा मलिनाको हट नृत्य हेर्न सकिनेछ। चलचित्रको मुख्य भूमिकामा आर्यन सिग्देल, प्रियंका कार्की, विष्णु कार्की र पायल थापा छन्। पूर्वमिस नेपाल जोशीले आफूले शीषर् गीतमा गरेको नृत्य खुबै रमाइलो भएको बताइन्। काठमाडौंको सो ल्टी क्राउन प्लाजामा छायांकन गरिएको उक्त गीतमा मलिनालाई सहाना बज्राचार्य, सुनिल थापा, सुशील क्षेत्री, यशराज गाराच, सुशिल नेपाल तथा जितु नेपाल पनि देखिएका छन्। चलचित्र ‘कलिउड’ नेपाली चलचित्र उद्योगका विभिन्न क्रियाकलापमा केन्द्रित छ।आगामी डिसेम्भर अन्त्य तिर सार्बजनिक गर्ने लक्ष्य रहको चलचित्र नायीका बन्नका लागि चलचित्र क्षेत्रमा एक महिलाले के के संघर्ष, सम्झौता गर्नु पर्छ र स्टार बने पनि त्यो स्टारको पोजिसन धानी राख्न कतीको गार्हो हुन्छ भन्ने बिषयबस्तुलाई चलचित्रको कथा बनाइएको छ ।