महानायक राजेश हमाल पाए पछि सुनिता दङ्ग


Rajesh-hamal-sunita
(सेलिब्रेटी नेपाल) १५ भाद्र-महानायक राजेश हमालको बिहेको चर्चा चलेकै छ। उनको बिहेको विषय गरम भइरहेको समयमा हमाल मिडियातिर पनि खुवै छाइरहेका छन्। तर, यति नै बेला यी महानायकले एउटा लोकगायिकाको गीतमा दिल फुकाएर नाचेको भिडियो बजारमा आइरहेको छ।
गायिका हुन् सुनिता दुलाल र उनले निकालेको तिजसम्बन्धी एल्बम आयो हरितालिका तिज। हमाललाई आफ्नो गीतमा नचाउन अन्य गायिकाहरूले लुछाचुँडी नगरेका होइनन् तर बाजी भने सुनिताले नै जितिन्। राजेशलाई पाएर दङ्ग भएकी सुनिताले भनिन्, ‘उहाँलाई आफ्नो गीतको भिडियोमा राख्ने धोको पूरा भएको छ। म त दङ्ग छु।’

जुन पायो त्यही गीतको भिडियोमा नखेल्ने र जस्तो पायो त्यस्तोमा मोडलिङ नगर्ने राजेश हमालले सुनिताको यो गीत पनि धेरैपटक सुनेपछि ओके भनेका थिए। हमाललाई गीतमा उभ्याउँदा आफ्नो सिर्जनाले थप उचाइ पाएको आभाष सुनिताले गरेकी छिन्। ‘यो गीतमा अरूलाई राखेको भए यत्तिको चर्चा हुँदैनथ्यो। राजेशदाइले हुन्छ भन्नु नै मेरो लागि सुवर्ण अवसर हो,’ सुनिताले थपिन्।राजेश हमालसँग जोडीको रूपमा देखिएकी सुनितालाई यो भिडियो बजारमा आएपछि धेरैले अब राजेशसँगै चलचित्र खेले हुन्छ नायिकको रूपमा भनेर प्रतिक्रिया पनि नदिएका होइनन्। तर, सुनिता सिनेमाको हिरोइन बन्ने आफ्नो इच्छा नभएको कुरा बताउँछिन्, ‘मलाई गीत नै ठीक छ, अहिले हिरोइन नबनौँ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.