चलचित्र ‘दुई कदम’ को रोमान्टिक गीत सार्वजनिक



काठमाडौं । आगामी मंसीर २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘दुई कदम’ को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ । सार्वजनिक गीतमा गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी, विल्सनविक्रम राई, विमला लिम्बु र गीता ढुंगाना फिचर्ड छन् । ओएसआर डिजिटलबाट सार्वजनिक गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । रोमान्टिक भावको गीतमा कलाकारहरु दिल खोलेर नाँचेका छन् ।

उदय सुब्बा निर्देशित चलचित्रमा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको पनि अभिनय रहेको छ । अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी रहेको छ । फिल्मको एक गीतमा अभिनेता विल्सनविक्रम राईले पनि विशेष भुमिका निर्वाह गरेका छन् । मुस्ताङमा एक गीतको छायांकन गरिएको फिल्मको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन फिल्ममा रहेको छ । चलचित्रलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।