‘मिस्टर ग्लोबल’ मा सहभागी हुन थाइल्यान्ड उडे मिस्टर नेपाल कार्की



काठमाडौँ । ‘मिस्टर नेपाल’ विजेता समर्पण जङ्ग कार्की थाइल्यान्ड उडेका छन् । थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०२३’मा नेपालको प्रतिनिधित्व गर्न उनी शुक्रबार साँझ त्यसतर्फ उडेका हुन् ।

प्रतियोगिताको फाइनल २६ नोभेम्बरमा हुँदैछ । कार्की नेपाली कलासंस्कृति सहित प्रतियोगितामा सहभागी हुन लागेको हुन् । प्रतियोगीताका लागि उनको फेसन ज्वालाराज पोखरेलले तयार गरेका छन् ।

थाइल्यान्ड उड्नु अगाडि एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले यो पटक प्रतियोगिताको ताज नेपाल भित्र्याउने लक्ष्य सहित आफू सहभागी हुन लागेको बताए ।

२०२३’को उपाधि जितेका थिए । उक्त उपाधि सहित उनले प्रतियोगितामा सहभागी अवसर प्राप्त गरेका हुन् । पेशाले पाइलट कार्कीलाई प्रतियोगितामा नेक्स्ट मोडल्स नेपालले पठाएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.