चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक



काठमाडौं । चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक गरिएको छ । ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश बोकेको चलचित्रलाई यज्ञजंग विके(आयुष बिसी) ले निर्देशन गरेका हुन्। चलचित्रको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । चलचित्रमा किशोर खतिवडा, दीपक थापा, सिर्जना कार्की, खगेन्द्र नेपाल, हेमराज घर्ती, खगेन्द्र सुवेदी, कमल ज्ञवाली, आशिष ओली, वर्षा श्रेष्ठ, विक्रम घिमिरे र वीरेन्द यादवको अभिनय छ ।

निर्देशक विकेले विना सवारी चालक अनुमति पत्र सवारी चलाएको अवस्थामा दुर्घटना हुँदा कतिसम्म सास्ती भोग्नुपर्छ भन्ने कुरालाई चलचित्रमा समावेश गरिएको बताए । सार्वजनिक टिजरमा चलचित्रका प्रमुख कलाकारहरुलाई स्थान दिइएको छ ।

विकास चौधरीको संगीत, खगेन्द्र सुवेदीको कथा र सिड गौतमको पटकथा रहेको चलचित्रमा सम्राट थापाको पार्श्व संगीत, राज गौतमको सहायक निर्देशन, सुजन विश्वकर्माको छायांकन छ । चलचित्रमा आभाष गिरी र रमेश बंगोसाई सह–निर्माता तथा खगेन्द्र सुवेदी निर्माता छन् ।