फिल्म ‘बार्बी’ को छायांकनले बेलायती अर्थतन्त्रमा ९५ मिलियन पाउण्ड राजस्व योगदान



एजेन्सी । यसवर्षको ब्लकबस्टर फिल्म ‘बार्बी’ले छायांकनको क्रममा बेलायती अर्थतन्त्रमा ८० मिलियन पाउण्डको योगदान गरेको वितरण कम्पनी वार्नर व्रदर्सले जनाएको छ ।

स्टुडियोका अनुसार यो फिल्मले ६८५ जनालाई रोजगारी दिएको छ, ६००० भन्दा अतिरिक्त रोजगारी सिर्जना गरेको छ, ७५४ स्थानीय ब्यापारीलाई प्रत्यक्ष फाइदा पुगेको छ र स्थानीय ज्यालामा ४० मिलियन पाउण्ड भुक्तानी गरेको छ ।

ग्रेटा गेर्विगद्वारा निर्देशित फिल्म आंशिक रूपमा हर्टफोर्डशायरको लिभ्सडेनस्थित वार्नर ब्रदर्स स्टुडियोमा शूट गरिएको थियो । यो फिल्मले बेलायतको अर्थतन्त्रमा ९५ मिलियन पाउण्ड राजस्व योगदान दिएको बीबीसीले उल्लेख गरेको छ ।

बार्बील्याण्डजस्तो देखिने क्यालिफोर्नियाको स्वरुपको सेट डिजाइन गरिएको थियो । वार्नर ब्रदर्स डिस्कवरी स्टुडियोमा आंशिक रूपमा छायांकन गरिएका अन्य फिल्ममा फ्यान्टास्टिक बिस्ट फिल्म, ब्याटम्यान, एक्वाम्यान र हाउस अफ द ड्रयागन समावेश छन् ।

स्टुडियोमा ह्यारी पोटर फ्रान्चाइजीको घर पनि छ, जसलाई त्यहाँ १० वर्षभन्दा बढी समयसम्म खिचिएको थियो । बेलायतमा मात्र वार्नर ब्रोस डिस्कभरिका ४ हजार स्थायी कर्मचारी छन् । यो संख्या अमेरिकाबाहिर सर्वाधिक रहेको उल्लेख छ ।