‘दिमाग खराब’ को सन्तोषजनक व्यापार,‘वर्ड अफ माउथ’ अब्बल



काठमाडौँ। कार्तिक २४ गतेबाट देशभरका हलमा प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’ले आक्रामक व्यापार गरिरहेको छ। आज रिलिजको पॉचौ दिन हो । अब्बल वर्ड अफ माउथका कारण यो चलचित्रको व्यापार आज पनि बिहानी सो देखिनै आक्रामक देखिएको छ । सिनेमा हलका अनलाइन साइटमा हेर्दा बिहान देखि राती सम्मका शोमा दर्शकको चाप देखिएको छ। चलचित्रको बिषयमा दर्शकको प्रतिक्रिया एकदम राम्रो भएका कारण व्यापार अझै बढ्ने देखिन्छ । तिहार बिदाको फाइदा सिनेमाले पर्याप्त मात्रामा उठाइरहेको छ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.