उमेरले सय छुन लागेका राष्ट्रकवि माधवप्रसाद घिमिरे पलेँटीमा


Madhav-prasad-ghimire-b
(सेलिब्रेटी नेपाल) १३ भाद्र-उमेरले सय छुन लागिसक्दा पनि सृजनामा अझै सकृय राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई यसपटक छुट्टै रुपमा हेर्न पाइने भएको छ।
नेपालयले आयोजना गर्ने पलेँटी उत्सवमा घिमिरेले रचना गरेका गीत र उहाँको सम्झनालाई दर्शकले प्रत्यक्ष सुन्न पाउने भएका हुन्।

९४ वर्षका कविवर घिमिरे लगायत नेपालयले नेपाली आधुनिक गीत संगीतका झण्डै ४५ जना वरिष्ठ सर्जकहरूसित सहकार्य गरिसकेको छ । नेपालयले ‘आर’शाला नामाकरण गरेको नेपथ्यको रिहर्सल स्टुडियोबाट ८ वर्षदेखि सुरु भएको सांगीतिक जमघटले अहिले सांगीतिक अभियानको रुप लिएको छ । त्यही अभियानले गएको वर्षदेखि वार्षिक उत्सव गर्न आरम्भ गरेको हो।

गएको वर्षको उत्सवमा अम्बर गुरुङ, शान्ति ठटाल, फत्तेमान र आभासले जावलाखेलको डिएभी कलेजमा आफ्नो गायन प्रस्तुत गरेका थिए । उत्सव यसपाली पनि पोहोरकै हलमा आयोजना हुने भएको छ।‘नेपाली गीत संगीतसित जोडिएर काम गरेको दशक पार गरेको अवसर पारेर पोहोरदेखि पलेँटीलाई वर्षको एकपटक उत्सवका रुपमा मनाउन थालेका हौं। नेपाली मौलिक गीत संगीत कन्सर्टमै गएर सुन्ने बानी बसाल्न यस्ता उत्सवको आवस्यकता छ भन्ने लाग्छ’ नेपालयका किरणकृष्ण श्रेष्ठले पलेँटी उत्सव बारे टिप्पणी गर्दै भने।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.