बितेका पलको फस्ट अफिसियल ट्रेलर सार्वजनिक(भिडियो)


Biteka-pal-poster
(सेलिब्रेटी नेपाल) १२ भाद्र-पुस २६ गतेबाट अल नेपाल प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘बितेका पल’ को फस्ट अफिसियल ट्रेलर सार्वजनिक भएको छ। ‘बितेका पल’लाई बिग प्रोडक्सनको ब्यानरमा राजेश घतानी र क्रिष रिजालले संयुक्त रुपमा निर्माण गरेका हुन्। ‘बाटोमूनिको फूल’ निर्माण गरेर सफल बनेका घतानिको यो चलचित्र ‘बितेका पल’ को निर्देशन् सुरज सुब्बा नाल्बोले गरेका हुन् । करिब साढे तीन मिनेट लामो ट्रेलरमा अभिनेत्री केकी अधिकारीले बोलेको संवादहरु निकै मर्मस्पर्शी रहेको छ। जसबाट चलचित्र इमोशनल टाइपको भएको अनुमान लगाउन सकिन्छ।चलचित्रको स्क्रिप्ट निर्देशक नाल्बोले नै लेखेका हुन्।
Biteka-pal-nepali-movieसत्य प्रेमकथामाथि आधारित भनिएको ‘बितेका पल’मा केकीलाई बाबु बोगटी र अविनाश गुरुङले साथ दिएका छन्। दार्जलिङका अविनाश यही चलचित्रबाट नेपालमा सिने यात्रा थालनी गर्दैछन्। चलचित्रमा डम्बर नेपाली, बाबु बोगटी, रोशन लामा र मोहित मुनालले संगीत दिएका छन्। पाश्र्य संगीत मोहितको रहेको छ। हरि लामाले खिचेको यो चलचित्रलाई विपिन मल्लले सम्पादन गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.