‘ब्ल्याक छायाँ’ को पहिलो गीत सार्वजनिक (भिडियो)



काठमाडौं । लंका फिल्मस् प्रा.लि.को ब्यानरमा खड्ग लामा मोक्तान प्रस्तुतकर्ता रहेको चलचित्र ‘ब्ल्याक छायाँ’ को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश गरिएको ‘पचासको नोट, बाजेको कोट’ बोलको गीतमा भिडियो सार्वजनिक गरिएको हो ।

पछिल्लो समय थोरै कलाकार राखेर चलचित्रको निर्माण सकाउने होडलाई चुनौती दिँदै यस चलचित्रमा स्थापित कलाकारहरुको भीड नै जम्मा गरिएको छ । चलचित्रमा निर शाह, सुनिल थापा, सलोन बस्नेत, रुविना थापा, रविन्द्र झा, जाहन्वी बस्नेत, बुद्धि तामाङ, राजेन्द्र खड्गी, आर. एल. लामा मोक्तान, शारदा गिरी ‘काली बुढी’, शोभित बस्नेत, सुस्मा कार्की, निमा दोर्जे मोक्तान र धिरेन शाक्यले अभिनय गरेका छन् ।

यस चलचित्रको निर्मातामा रेल्लुमाया तामाङ, बिना दुरुङ च्याङ मगर (मैना) र आर. सोनाम मोक्तान रहेका छन् भने श्याम बहादुर मोक्तान कार्यकारी निर्माता रहेका छन् । चलचित्रको छायाँकन सञ्चु थोकर लामाले गरेका छन् भने सम्पादन गौतमराज खड्काले गरेका छन् । त्यस्तै, भिएफएक्स र कलर समिर मियाँ, गीत तथा संगीत राजेन्द्र बजगाईं तथा युवराज कँडेल र मिना निरौलाको स्वर रहेको छ । चलचित्रको कथा, पटकथा, संवाद र निर्देशन आर.एल.लामा मोक्तानले गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.