गीतकार तथा पत्रकार पाण्डे इनास नेपालको अध्यक्षमा निर्वाचित



काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को नेपाल च्याप्टरको अध्यक्षमा गीतकार तथा पत्रकार दयाराम पाण्डे निर्वाचित भएका छन् । काठमाडौँमा बुधवार भएको अधिवेशनबाट अध्यक्ष पाण्डेसहित १९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

सो अधिवेशनबाट तीन उपाध्यक्षहरू ऋषि लामिछाने, देवकुमार श्रेष्ठ र अर्जुन पोखरेल, महासचिवमा बलराम अधिकारी, सचिवमा शङ्कर पाण्डे, कोषाध्यक्षमा सुनिल मानन्धर तथा सदस्यहरू पुष्प खड्का, युवराज चौलागाईँ, माण्डवि त्रिपाठी, कविराज गहतराज, रामशरण घिमिरे, भूमिका शाह, पूर्ण लामा, नरेन खड्का, सुरेन्द्र श्रेष्ठ, कृष्ण केसी, विबुध लुइँटेल र कल्पना आचार्य निर्वाचित भएका हुन् । सन् २०२३ देखि २०२५ सम्मको लागि १९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

अधिवेशनमा इनासका ग्लोबल अध्यक्ष पुष्प बरुवाल, वरिष्ठ उपाध्यक्ष रामचन्द्र केसी, उपाध्यक्ष सबु गदाल कार्की, उपाध्यक्ष अर्जुन काफ्ले, कोषाध्यक्ष कुलराज थापा, एसिया महादेश संयोजक लोकराज अधिकारी लगायतको उपस्थिति रहेको थियो । निर्वाचन समितिमा संयोजक अधिवक्ता सेमन्तमणी खराल र सदस्यहरूमा निर्देशक जनकदीप पराजुली र पत्रकार जीवन पराजुली रहेका थिए ।

निर्वाचित भएपछि अध्यक्ष पाण्डेले नेपाल च्याप्टरलाई विश्वभरका अन्य च्याप्टरहरूभन्दा उत्कृष्ट बनाउन आफू दृढ रहेको बताए । सन् २०१२ मा युरोपको पोल्यान्डमा गठन भएको इनासका विश्वका ७३ मुलुकमा शाखाहरू रहेका छन् । यसको मुख्यालय नेदरल्याण्डमा रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.