डान्स इन्डिया डान्सको काठमाडौंमा हुने भनिएको अडिसन स्थगित


(सेलिब्रेटी नेपाल) ९ भाद्र-भारतको जी टि भी बाट प्रसारण हुने डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स’को अडिसन काठमाडौंमा गर्ने र नेपाल लाई भारतको प्रान्तको रुपमा चिनाउने उदेश्यले गर्न लागियको उक्त अडिसन हालको लागि स्थगित भएको छ। २७ अगस्ट (भाद्र ११) मा काठमाडौं गौशलास्थित आलोक विद्याश्रम मुरारी भवनमा अडिसन गर्ने तयारी आयोजकले बिना जानकारी तथा कुनै प्रचार प्रसार सुटुक्क नेपाली कला संस्कृति तथा नेपाली भावना बिपरित उक्त कार्यक्रम हुन लागेको भनेर नृत्य निर्देशक महेश गोदार,नृत्यकार संघका सचिब(कलाकार) जसन नायक,कलाकर्मी महेन्द्र मैनाली,प्रमोदद्दिप तथा पत्रकार रघुनाथ सापकोटा लगायतका व्यक्ति हरुले आयोजक पक्ष लाई नियम संगत तथा नेपाली कला संस्कृति लाई जोगाउने गरि गर्न आग्रह गरे पछि आयोजकले सबै व्यवस्था मिलाउन समय कम भएकोले हाललाई स्थगित गरेको छ।
dance-india-dance-1
भारतका विभिन्न राज्यमा अडिसन गरेर प्रतियोगी छान्दै आएको यो रियालिटी शोले नेपाललाई पनि भारतको प्रान्त जस्तै गरि कुनै सरकारी निकाय तथा मिडियामा सार्बजनिक जानकारी समेत नदिइकन अडिसन गर्न लागेकोले आपति जनाईएको नृत्य निर्देशक महेश गोदारले बताए। कार्यक्रम गर्न नमिल्ने होइन तर प्रक्रियागत र नेपाली कला संस्कृति जोगाउने गरि गर्नु पर्ने सबैको भनाइ रहेको छ। नेपाली गीत संगीतमा सहभागीले नृत्य गर्न पाउनु पर्ने र नेपाल बाट पनि निर्णायक रहनु पर्ने तथा कार्यक्रम लाई डान्स इन्डिया डान्सका रुपमा होइन अन्तररास्ट्रिय रुपमा लानु पर्यो नृत्यकार संघका सचिब जसन नायकले जोड दिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.