पोल्याण्डको सुन्दर शहर रोस्लाभमा ‘शुभ दिपावली विशेष कार्यक्रम २०८०’ हुँदै



काठमाडौँ। चाडबाड बिसेष पारेर नेपाली सांस्कृतिक कार्यक्रम विदेशमा हुने लहर नै चलेको छ। यसै क्रममा पोल्याण्डको सुन्दर शहर रोस्लाभमा यहि नोभेम्भर १२ तारिखमा पहिलो पटक नेपाली सांस्कृतिक कार्यक्रम हुने भएको छ। दिपावलीको अवसरमा लक्ष्मी पुजाको दिन ‘शुभ दिपावली विशेष कार्यक्रम २०८०’ हुन लागेको हो। कार्यक्रम प्रवासी नेपाली मंच पोल्याण्डले आयोजना गरेको हो। कार्यक्रममा लोकप्रिय गायिका शर्मिला बर्देवा,लोक गायक रबिन लामिछाने,गायक सन्तोष अधिकारीको साथमा लोकप्रिय संचारकर्मी नरेश भट्टराईको सहभागिता रहनेछ।

कार्यक्रममा गायक गायिकाले आफ्ना लोकप्रिय गीत मार्फत उपस्थित दर्शकलाई मनोरंजन दिनेछन्। कार्यक्रमका आयोजक प्रवासी नेपाली मंच पोल्याण्डका अध्यक्ष इश्वर देवकोटाका अनुसार कार्यक्रममा निशुल्क प्रवेश रहनेछ। नेपाली चाडबाडको अवसरमा रोस्लाभमा पहिलो पटक हुन लागेको कार्यक्रममा नेपाली एक हौं भन्ने संदेश बिस्वसामु पुर्याउनुका साथै आपसी सदभाव बढाउने उदेश्य रहेको छ। थोरै नेपालीको बसोबास रहेको शहर रोस्लाभमा भएका नेपालीहरुलाई एकजुट बनाउने साथै तिहार मनाउने कार्यक्रमलाई सभ्य र भब्य बनाउनको लागी पोल्याण्डमा लामो समय देखि बस्दै आएका लक्ष्मण घिमिरेले बिसेष सहयोग गरेका छन्।

कार्यक्रम ब्यबसायिक नभई सामाजिक रुपमा आयोजना गर्न लागिएको आयोजकले बताए। प्रवासी नेपाली मंच पोल्याण्डका अध्यक्ष इश्वर देवकोटा बिगत आठ बर्ष देखि पोल्याण्डमा रही नमस्ते नेपाल रेस्टुरेन्ट र नमस्ते गोरखा रेस्टुरेन्ट संचालन गरि रहेका छन्। देवकोटा ब्यबसाय संगै बिभिन्न सामाजीक कार्यमा पनि सक्रिय रहँदै आएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.