‘परदेशी २’को गीत ‘न भुल्नु ए साथी’ सार्वजनिक



काठमाडौँ। सफलतापूर्वक प्रदर्शनरत चलचित्र ‘परदेशी २’को गीत ‘न भुल्नु ए साथी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मनोज खड्का, प्रविण बेडवाल, शान्ति श्री परियार र दीपा स्वाङको स्वर, नारायण रायमाझीको संगीत तथा लाल गोपाल सुवेदी र नारायण रायमाझीको शब्द रहेको छ ।

गीतको भिडियोमा केकी अधिकारी, प्रकाश सपुत लगायत फिचर्ड छन् । गीतमा परिच्छेद सेनको कोरियोग्राफी छ । चलचित्रमा प्रकाश सपुत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला र देवेन्द्र बब्लु लगायतका कलाकारको अभिनय छ ।

उज्ज्वल भविष्यको सपनासहित बिदेसिन बाध्य युवाको कथामा निर्माण भएको चलचित्र नारायण इन्टरनेसनलको प्रस्तुतिमा बनेको हो। चलचित्रका निर्माता राजेश बंशल हुन्। चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन, मानकृष्ण महर्जनको छायांकन, राजेन्द्र मोक्तानको कलर, रमेश बिजीको कथा र पटकथा छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.