शिल्पा मास्केको ‘हालीमुहाली’ (भिडियो)



काठमाडौँ। सौगात मान सिंह बस्नेतको निर्देशनमा बनेको वेब सिरिज ‘हालीमुहाली’ को शिर्ष गीत सार्वजनिक गरिएको छ। रचना रिमालको स्वर रहेको गीतमा भुपेन्द्र महतको शब्द तथा सुरेश अधिकारीको संगीत रहेको छ। शिल्पा मास्के स्टारर सिरिजमा कृष्ण बहादुर थापाको डिओपी,अविन शाक्यको छायांकन,समिर मियाँको भिएफएक्स,राजेन्द्र मोक्तानको कलर कृपा बज्राचार्यको कोरियोग्राफी रहेको छ।

सिरिजमा शिल्पाको अलावा बिशाल पहारी,विक्की खड्का,कुन्दन थारुको अभिनय रहेको छ। अर्जेश रेग्मीको स्क्रिप्ट र अनुप न्यौपानेको स्क्रिनप्ले रहेको छ। कार्यकारी निर्माता हरी तामाङ रहेको ‘हालीमुहाली’ को सम्पादन पनि सौगात मान सिंह बस्नेतले नै गरेका हुन्। https://youtu.be/tT04xxckpFw?si=YTVoLpqtBJheqsqC