दयाहाङ र दीया स्टारर ‘दयारानी’ माघ २६ मा



काठमाडौं। अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको चलचित्र ‘दयारानी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको हो । निर्माण टिमले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको छ । सार्वजनिक पोस्टरमा अभिनेता राई र अभिनेत्री पुनलाई मात्र समावेश गरिएको छ ।

अभिनेता माओत्से गुरुङले यही चलचित्रबाट निर्देशनमा डेव्यु गरेका हुन् । उनले यसअघि तीन पटक चलचित्रको रिलिज मिति घोषणा गरेर पोष्टपोण्ड गरेका थिए । चलचित्रमा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकार पनि अभिनय छ ।

बासुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित चलचित्रले खराब श्रीमान र दयालु श्रीमती बीचको कथा भन्ने छ । चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीको खिचेका हुन् । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । चलचित्रको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् ।