पूर्व प्रधानमन्त्री खनाल म्युजिक भिडियोमा मोडलिंग गर्दै (भिडियो)


Jhalanath-Khanal (सेलिब्रेटी नेपाल) ९ भाद्र-नेताहरु अभिनय गर्न सिपालु हुन्छन् भन्ने आरोप लाग्दै आएको थियो । एमाले अध्यक्ष झलनाथ खनालले यसको पुष्टि गरिदिएका छन्। शुक्रबार उनले अभिनय गरेका छन्, जनतासामु होइन, क्यामराको अगाडि, त्यो पनि निर्देशकको ‘एक्सन’ र ‘कट’ लाई पालना गर्दै आजको नागरिक दैनिकमा खबर छ । वलआफूद्धारा रचित गीत ‘मातृभूमि नेपाल हाम्रो’ कै म्युजिक भिडियोमा पूर्वप्रधानमन्त्री खनालले अभिनय गरेका हुन्। ‘उहाँको अभिनय हामीलाई मनपर्‍यो,’ भिडियो निर्देशक सुब्रत आचार्यले भने,’टाइमिङ राम्रो रहेछ, एक्सन र कटको इशारा उहाँले सजिलै बुझ्नुभयो,।’

‘कस्तो सपना’ नामक एलबममा सुन्न पाइने कृष्णभक्त राईको संगीत रहेको यस गीतलाई खनालकै गृहजिल्ला इलामका मोहन राईले गाएका छन् । गायक राइकै अनुरोध र पहलकदमीमा खनाललाई भिडियोमा समेट्न सकिएको निर्देशक आचार्यले जनाए । खनालकै डल्लुस्थित निवासमा भएको सुटिङ दुई घन्टामा सकिएको थियो ।
म्युजिक भिडियो र अभिनयबारे प्रश्न गर्दा नेता खनालले यसलाई त्यति ठूलो ‘इस्यु’ नबनाउन आग्रह गरे । ‘मैले गीत लेखेर दिएको थिएँ, पछि भिडियो पनि बनाउने कुरा भएछ,’ खनालले भने, ‘मेरो अनुहार जसरी पनि समावेश गर्नुपर्छ भन्नुभयो, उहाँहरुको भावनाको कदर गरेर सुटिङमा सहभागी भएँ, खासमा मलाई रहर चाहिँ थिएन् ।’ केही समयपछि मुख्य टेलिभिजनमा रिलिज हुने भिडियोमा नेता खनाल मात्र होइन, इलामस्थित उनको घर पनि अटाइनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.