राजेशको ‘उमेर सत्र भयो खत्रा’मा प्रियंका र आकाश(भिडियो)



काठमाडौँ । गायक राजेश बर्देवा र गायिका प्रिती आलेको स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक गरिएको छ । प्रतिभा शर्माको शब्द तथा प्रिय कुमारको संगीत रहेको गीतको एरेन्ज केशव बडुले गरेका हुन् ।

भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आकाश श्रेष्ठ फिचर्ड छन्। उत्सव विष्टको निर्माण र न्यु लक्ष्मी ज्वेलर्स युकेको निर्माण सहकार्य रहेको भिडियो गीतले १७ वर्षको उमेर युवतीले आफ्नो जोबन सम्हाल्नुपर्ने, यो समय अनेक खतराको सामना गर्नुपर्ने र त्यो सामना गर्न नसके जीवनै सङ्कटमा पर्ने सन्देश समेटेको छ ।

भिडियोले गीतको सन्देशलाई सिँगार्ने काम गरेको छ । रेस्टुरेन्टको महलोमा छायाङ्कन भएको भिडियोमा एउटी युवतीलाई १७ वर्षको उमेरमा के कस्ता खतराको आइपर्छ भनेर देखाइएको छ । गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र प्रवीण भट्टको सम्पादन छ । भिडियो गायक बर्देवाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।