तीज गीत प्रतियोगितामा रोक


Sunita-Rajesh-hamal
(सेलिब्रेटी नेपाल) ९ भाद्र-चितवन जिल्लामा हरितालिका तीज भड्किलो बन्दै गएपछि स्थानीय प्रशासनले त्यस्ता कार्यक्रम नगर्न सूचना जारी गर्दै रोक लगाएको छ।
प्रशासनले रोक लगाएपछि स्थानीय सञ्चारमाध्यम नराम्रोसँग प्रभावित भएका छन्। चितवनका स्थानीय टेलिभिजनको मुख्य आयस्रोत तीज गीत छायाङ्कन र प्रसारण हो भने स्थानीय एफएम रेडियोले प्रायोजक खोजेर तीजमा राम्रो आम्दानी गर्दै आएका थिए।

गत वर्षहरुमा टोलटोलमा महिलाले आर्थिक सङ्कलन गरी एकमहिना अघिदेखिनै नाचगान गर्दै स्थानीय टेलिभिजनमा प्रसारण गर्ने गर्दथे भने रेडियोले ठूलाठूला नगद पुरस्कार राखी प्रतियोगिता गर्दै आएका थिए। तीजलाई स्थानीय पार्टी प्यालेस र होटलले आम्दानीको राम्रो स्रोत बनाएका थियो। विगतका वर्षमा झन्डै एकमहिना छायाङ्कन गरेको स्थानीय बेसो टेलिभिजनका कार्यकारी निर्देशक भूपेन्द्र बस्नेतले यस वर्ष प्रशासनको सूचना आएपछि कार्यक्रम आयोजना नै नभएको बताए।

तीजको समयमा दरखानेको भिड हुने चितवनको ठूलो होटल होटल रोयल सेन्चुरीमा आजसम्म कुनै कार्यक्रमको लागि स्थान बुकिङ नभएको होटलका महाप्रबन्धक युवराज घिमिरेले बताए। पछिल्लो समयमा चाडपर्व मनाउने नाममा बढी खर्च गर्ने प्रवृति बढेपछि प्रशासनले कडाइ गरेको हो। सामाजिक व्यवहार–सुधार ऐन र नियमावलीअनुसार चाडपर्वमा अनावश्यक तामझम गरेर कार्यक्रम गरे कारबाही गरिने प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले जानकारी दिए। रासस

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.