बाउन्सर र सुष्माको रोमान्स युनिभर्सल


baunser prashant fight
(सेलिब्रेटी नेपाल) ८ भाद्र-भाद्र १४ गते बाट देश भर एक साथ प्रदर्शन हुने चलचित्र बाउन्सरले युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्र समाबेश vfx गरिएको केहि द्वन्दका दृश्यहरुमा सेन्सर बोर्डका अधिकारीले केहि आपत्ति जनाएको चलचित्रका निर्माता तथा निर्देशक प्रशान्त गिरीले जानकारी दिए बलिउडका चलचित्र हरुमा भएका कुनै पनि दृश्यहरुमा आपत्ति नजनाउने सेन्सरले आफ्नो चलचित्रमा रहेको साउथ इन्डियन पाराको द्वन्दमा आपत्ति जनाए पछि बल्ल बल्ल कन्भिन्स गराएर कुनै दृश्य नकाटी युनिभर्सल सर्टिफिकेट लिएको गिरीले बताए।
हेर्नुस एक्सन प्रोमो>>>>>>>>>>>>>>>>>>>>>>>>>>

चलचित्रमा नायिका सुष्मा कार्की संग नायक गिरीले भरपुर् रोमान्स गरेका छन् पछिल्लो समय कुनै पनि नेपाली चलचित्रले सन्तोष जनक व्यापार नगरेको समयमा आफ्नो लगानी उठाउनेमा निर्माता तथा नायक गिरि ढुक्क छन्। भन्छन ‘धेरै समय पछि दर्शकले खोजे जस्तो भरपुर मसला समाबेश भएको एक्सन प्रधान चलचित्र बाउन्सर पाउनु हुने छ’मदन घिमिरेको निर्देशन रहेको चलचित्रमा हिमाल के.सी. को द्वन्द रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.