कलाकार सन्तोष पन्तलाई मातृ शोक


सेलेब्रेटी नेपाल कार्तिक १७ -कलाकार सन्तोष पन्तलाई मातृ शोक परेको छ । उनको ८६ बर्षीया आमा ईन्दिराको हिजो दिउँसो १ बजे धापासी ६ स्थित आफ्नै निवासमा निधन भएको हो ।कलाकारितासंगै टेलिफिल्म हिजो आजका कुरानि र्देशनबाट निकै चर्चित बनेका पन्तको पिताको निधन भईसकेको छ । नयाँ निवासमा तिहार मनाउने तयारीमा जुटेको पन्त परिवार शोक परेपछि केही पर दुरीमा रहेकॊ पुरानो निवासमा तेह्र दिने काजक्रियामा जुटेको छ ।