‘आउँछु घर दशैंमा’ भन्दै मनोहर र मन्जु(भिडियो)



काठमाडौं । के गाउँ के शहर नेपालीहरुको महान पर्व वडा दशैँ घर आँगनमा आइसकेका बेला दशैंसँग सम्बन्धित गीत संगीतहरु पनि धमाधम रिलिज भइरहेका बेला ‘आउँछु घर दशैंमा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । जसमा कलाकार भुवन के पोख्रेल र अनिसा पराजुलीको अभिनय देख्न सकिन्छ । गीतमा गायक मनोहर भण्डारी र गायिका मन्जु धितालको स्वरमा रहेको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत पनि गायक भण्डारीकै रहेको छ ।

जसमा एरेन्ज जय देवकोटाको रहेको छ भने उक्त गीतको म्युजिक भिडियो गायक भण्डारीकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । बिदेशमा रहेका युवक दशैंको छेको पारेर घर फर्किदै गरेको दृश्य देखाइएको भिडियोमा मोडलद्धय भुवन र अनिसा गज्जबसँग खुलेका छन् । प्रदेशबाट घर फर्किदा कति खुशी लाग्छ भन्ने यर्थाथलाई भिडियोमा देखाउन खोजीएको छ । प्रवेश पोखरेलको छायांकन तथा सम्पादन रहेको सार्वजनिक गीतको निर्देशन मनोहर भण्डारीले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.