पल शाहको ‘मायाबी’को पहिलो सेड्यूल छायांकन सम्पन्न



काठमाडौँ। दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भैरहेको चलचित्र ‘मायाबी’को पहिलो चरणको छायांकन सकिएको छ । चलचित्रको पहिलो चरणको छायांकन मुस्ताङ र पोखरामा ३० दिन लगाएर गरिएको हो ।

यस अघि चलचित्रको निलगिरी हिमाल आसपास क्षेत्रमा छायाकंनको सुरुवात गरिएको थियो । त्यस पछि पोखराका विभिन्न स्थानहरुमा छायाकंन गरिएको हो ।

चलचित्रको पहिलो चरणको छायांकन सकेका निर्देशक भट्टराई निकै उत्साहित छन् । उनले, यो फिल्म आफ्ना लागि पनि विशेष हुने र नायक पल शाहको करिअरलाई भने नयाँ उचाई दिने दाबी गरे ।

चलचित्रमा राज कटुवाल र चन्द्र पन्तको लगानी छ । चलचित्रको सह–निर्माताको रुपमा राजु पराजुली, रमा प्रसाँई र नमिता झा छन् । फिल्मका कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रुपमा अम्बरीश कश्यप छन् ।

चलचित्रमा पल शाह, दीपिका प्रसाई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाँइ लगायतका कलाकारको मुख्य भूमिका छ । क्रियटिभ सिने आर्टस्को व्यानरमा निर्माण भएको चलचित्रमा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ । छायांकनको दोश्रो सेड्यूल दशैं लगतै सुरु हुने निर्माणपक्षले बताएको छ ।