सेलेब्रेटी नेपाल कार्तिक १७ -सर्लाही जिल्लामा सम्पूर्ण छायांकन गरियको चलचित्र लंका को रिलिज नजिकिदै गर्दा एउटा गीत को छायांकन गरियको छ। केहि दिन अघाडी मात्र आयको समाचार अनुसार सर्लाहीमा अग्रिम टिकट बुकिंग को लागि लर्को नै लागेको भनियको थियो। पहिले सुटिंग गर्दा बजेट कम्परमाइज गरेर अहिले चलचित्र लगानी उठाउने सम्भावना देखियकाले पुन छायांकन गरियको हो कि भन्ने गाई गुइ चलचित्र बजारमा सुनिन थालेको छ। झण्डै एक बर्ष अगाडी पौष महिनामा सुटिङ गरिएको लंकाको यो पल फेरि आउला नआउला बोलको गीतको सुटिङ गरिएको थिएन ।यो गीतको छायांकन ढिला गर्नुको कारण बताउदै निर्देशक श्याम भट्टराइले भने-’गीतमा फूलैफूल चाहिने भएकाले फूलको मौसम पर्खिएका हौं ।श्याम भटराई निर्देशित चलचित्र लंका यहि कार्तिक २४ गते बाट रिलिज हुदै छ। रिलिज हुनु भन्दा एक हप्ता अगाडी पुन सुटिंग गरियको सम्भबत यो पहिलो नै हुनु पर्छ।
सम्बधित पोस्टहरु
‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ गीत सार्वजनिक,कामेश्वर र लक्ष्मीको माया प्रेम
काठमाडौँ। असोज २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘मरौं ज्यानले’ बोलको गीतमा शब्द रचना सुरेश बडालको,स्वर र संगीत सुशान्त गौतमको रहेको छ।...
चलचित्र ‘मालती मंगले’को छायाङ्कन सम्पन्न
काठमाडौं। चलचित्र ‘मालती मंगले’ को छायाङ्कन सम्पन्न भएको छ। लगातार छायाङ्कनको क्रममा ३१औँ दिन सोमबार छायाङ्कन कार्य औपचारिक रूपमा समाप्त भएको कार्यकारी निर्माता सागर ज्ञवालीले बताए। उनका अनुसार छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका...
जनजातीय आन्दोलनको कथामा चलचित्र ‘लडाइँ पहिचानको’
काठमाडौं। कोशी प्रदेशको नामविरुद्ध सञ्चालित ‘नो कोशी आन्दोलन’लाई कथावस्तुको आधार बनाएको चलचित्र ‘लडाइँ पहिचानको’ को टिजर सार्वजनिक गरिएको छ। भिम लामाको निर्देशनमा बनेको चलचित्र आगामी मंसिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा...
आज ‘राष्ट्रिय चलचित्र दिवस’ मनाइदै,नेपाली फिल्म ६० वर्षको यात्रामा
काठमाडौं । नेपाली चलचित्रले बुधबार आफ्नो ६० औं वर्षगाँठ मनाएको छ । सन् १९६४ (वि.सं. २०२२ असोज १५) मा पहिलो नेपाली चलचित्र ‘आमा’ प्रदर्शनमा आएको दिनलाई आधार मानेर यो गणना गरिएको हो । यही मितिलाई स्मरण गर्दै सरकारले असार १३ गतेको...
चलचित्र ‘सोल्टिनी’को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक
काठमाडौं। भाइटिकाको अवसर पारेर कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘सोल्टिनी’ को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक गरिएको छ। बडादसैँको महाअष्टमीका दिन, मङ्गलवार इन्टरनेटमार्फत सार्वजनिक गरिएको...
‘मैझारो’ को रोमान्टिक गीत सार्वजनिक, धिरज र मिरुनाको रोमान्टिक अवतार
काठमाडौं । चलचित्र ‘मैझारो’ मा समावेश गरिएको गीत ‘तिमीलाई के थाहा सानु’ बडादसैंको फूलपातीको अवसर पारेर ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतको भिडियोमा मुख्य कलाकार धिरज मगर र मिरुना मगरलाई प्रेमिल जोडीका रूपमा...