अदालतले अनमोललाई ३ दिन हिरासतमा राख्न दियो अनुमती



काठमाडौँ। शुक्रवार पक्राउ परेका अभिनेता अनमोल केसीलाई अदालतले ३ दिन हिरासतमा राख्न अनुमती दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीस कृष्णप्रसाद सुवेदीको इजलासले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारीले जानकारी दिए ।

उनको ३ दिन पक्राउ परेको दिन बाट नै गणना हुनेछ। अनमोललाई भोलि अदालतमा उपस्थित गराउनु भनिएको छ । भोलि हुने फैसलाले अनमोल छुट्छन् या अझ म्याद थप गरिने हो भन्ने कुराको निर्णय हुनेछ ।

चलचित्र ‘रावायण’मा काम गर्ने भनेर १० लाख रुपैयाँ पेस्की रकम लिएको तर पछि विभिन्न बहाना बनाएर काम गर्न नमानेको भन्दै निर्देशक सुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवालले यही असोज ८ गते अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही उजुरीको आधारमा उनी पक्राउ परेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.