चलचित्र ‘रीत’ को सिक्वेल ‘रीत २’बन्ने



काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्म्स्को व्यानरले चलचित्र ‘रीत’ को सिक्वेल ‘रीत २’ निर्माण गर्ने भएको छ । लिम्बु भाषा संस्कृतिमा आधारित चलचित्रको छायांकन ताप्लेजुङको सिनाम, पाँचथरको ओयाम, इलाम, झापा हुँदै काठमाडौंमा उपत्यका गरिने निर्माण पक्षले जनाएको छ ।

चलचित्रका कथाकार तथा निर्देशक दिनेश लिङ्देनका अनुसार चलचित्रमा विशेष गरि लिम्बु जातिको विवाहमा दुलाहा र दुलही पक्ष बीचमा हुने संस्कारको कथालाई समेटिनेछ ।

चलचित्रमा लक्ष्मी योङहाङ, सोनु थोक्लिहाङ लिम्बु, विमला खजुम, तेज मेन्याङबो, पुर्ण सेलिङ, सागर केरुङ, याशेली योङ्हाङ, दिनेश माङमु, एन्जिला नेम्वाङ, नन्दु तुम्बापो, नितु नेम्वाङको अभिनय रहनेछ ।

सन्चमान जबेगु, विक्रम पयाङ्गु, होमकुमार लावती र आशा नेम्बाङ निर्माता रहने चलचित्रमा पुर्ण सेलिङको कार्यकारी निर्माण, कविता राई लिङ्देनको निर्माण व्यवस्थापन तथा सुदिता लिङ्देनको प्रस्तुति रहनेछ । चलचित्रको छायांकन कात्तिक दोस्रो हप्ताबाट सुरु हुने बताईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.