दया र उपासनाको ‘हात्तीछाप’ लुक्स सार्वजनिक



काठमाडौँ। माघ २६ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘हात्तीछाप’ को मेकरले गत साता अभिनेता सौगात मल्लको मात्र लुक्स समावेश गरेर पोष्टर दर्शकमाझ सार्वजनिक गरेको थियो । फेरी अर्को सार्वजनिक गरिएको पोष्टरमा भने अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीको लुक्स सार्वजनिक गरिएको छ ।

यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हलमा, बुद्दि तामाङ, बिजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रीयर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेलको मुख्य भूमिका छ । चलचित्रलाई प्रदीप भारद्धाजले लेखेका हुन् ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा पुष्कर गुरुङ र अमला देवी राइको लगानी छ । सुशान्त प्रजापतिले फिल्मको छायांकन गरेका हुन् । चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । चलचित्रको अब एउटा मात्र गीतको छायांकन हुन बाँकी छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.