इन्डियन कमेडियन आकाश मेहता नेपालमा



काठमाडौँ। स्ट्याण्ड अप कमेडी शो नेपाल टुरमा इन्डियन कमेडियन आकाश मेहताको साथमा नेपाली कमेडियनहरु अपुर्व क्षितिज र आयुष श्रेष्ठले आफ्नो प्रस्तुति दिने भएका छन्। तक्षक इन्टरटेन्टमेन्टको आयोजनामा हुने कार्यक्रम चितवन,पोखरा र काठमाडौँमा हुनेछ। कार्यक्रम संगै इन्डियन कमेडियन आकाश मेहताको नेपाल टुर समेत रहने कुरा काठमाडौँमा भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो। कमेडीमा आफ्नो पहिचान बनाउन सफल कलाकारहरुको कमेडीले दर्शकलाई मनोरंजन दिनुका साथै नेपालको विभिन्न पर्यटकीय स्थानहरुको प्रचार प्रसार गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको आयोजक कमिटिका सदस्य सुमन भट्टराईले बताए। ‘लाफ एण्ड क्ल्याप’ को सहभागितामा हुने कार्यक्रम चितवनमा सेप्टेम्बर २५ मा,पोखरामा २८ सेप्टेम्बरमा र काठमाडौँमा ३० सेप्टेम्बरमा हुनेछ।

कार्यक्रमको डकुमेन्ट्री भिडियो बनाएर बिभिन्न स्थानहरुको प्रचार गरिने प्रोडक्सन हेड तथा डकुमेन्ट्रीका निर्देशक सौगातमान सिंह बस्नेतले बताए। कार्यक्रमको सुमन भट्टराई र राजेश महर्जन अर्गनाइजर रहेका छन्। टुर ७ दिनको हुनेछ र ३० सेप्टेम्बरमा प्रज्ञा प्रतिष्ठानमा शो गरेर कार्यक्रम सम्पन्न हुनेछ। देवर्सको प्रस्तुति रहेको कार्यक्रममा मोबिलिटी पार्टनर टोयोटा,स्न्याकिङ्ग पार्टनर ओरियन नेपाल,एडभेन्चर पार्टनर द क्लिफ नेपाल,एअरलाइन्स पार्टनर नेपाल एअरलाइन्स,टिकेटिंग पार्टनर खल्ती रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.