काजल कार्कीको ‘तिम्रै पिर’ मा लिगेश भट्टराई(भिडियो)



काठमाडौँ। गायिका काजल कार्कीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘तिम्रै पिर’ ले बोलको सार्वजनिक गीतमा आधा दर्जन चलचित्रको गीत र दर्जनौ म्युजिक भिडियोमा थुप्रै कलाकारहरुलाई नचाईसकेका नृत्य निर्देशक लिगेश भट्टराईको अभिनय रहेको छ।

भिडियोमा भट्टराईको साथमा गायिका काजल र भुमिका कार्की फिचर्ड छन्। सार्वजनिक गीतमा शब्द,संगीत बादल घिमिरेकोरहेको छ। भिडियोलाई दिपक गिरीले छायांकन गरेका हुन भने सम्पादन कल्पेश बिश्वकर्माले गरेका हुन । ओएसआर डिजिटल बाट सार्वजनिक भएको उक्त गितको भिडियोलाई निर्देशक शिसिर बुढाथोकिले निर्देशन गरेका हुन् ।