चौथो ‘प्रियसी धमका २०२३’ दुबईमा



काठमाडौं । नेपाली कला सँस्कृति, भाषा, सम्पदाको संरक्षण प्रवर्धनका लागि बिश्व बजारसम्म पुर्याउने अभियानका साथ थाइल्याण्ड, सिंगापुर र मलेशियाको सफलता पश्चात अब बरदुबईको याक एण्ड यति एभरेष्टमा यहि असोज १४ गते अक्टोवर १ तारिकका दिन ‘चौथो प्रियसी धमका २०२३’ बिबिध कार्यक्रम सहित भव्यताका साथ सम्पन्न गर्नका लागि तयारी अन्तिम चरणमा रहेको दुवई स्थित आयोजक समितिका पुर्णिमा घिसिंगले जानकारी गराइन । उनका अनुसार नेपालबाट राष्ट्रिय स्तरका कलाकार देखि प्रवासी नेपाली कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने छ । प्रियसी म्युजिक प्रालिको आयोजनामा ‘चौथो प्रियसी धमका २०२३’ हुन लागेको हो ।

कार्यक्रममा नेपालबाट चर्चित लोक तथा दोहोरी गायिका टीका पुन, मोडेल तथा गायक दुर्गेश थापा, हाँस्य कलाकार तथा मोडल सागर लम्साल ‘बले’, बालकलाकार जेभिन श्रेष्ठ, जिभेस श्रेष्ठ, मौलिक थाली नृत्यांगना एलिजिबा पुर्जा पुन, गायक नरेश बुढाथोकी, मोडल रचना गौतम, गायक तथा सर्जक डि.आर सुजन, कृष्ण जोशी लगायतका कलाकारको उपस्थिति रहने छ भने प्रवासी नेपाली कलाकारहरु बाबुराम परियार, लोक दोहोरी गायक कमल परियार, लोक दोहोरी गायक प्रकाश पुरी, गायक नीर तामाङ आदिको प्रस्तुति रहने बताईको छ । आयोजक समितिमा गीतकार राजेन्द्र पुरी, म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ, मोडल अमन श्रेष्ठ, बिकेश श्रेष्ठ रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.