समिक्षा र चेतको ‘हाम्रो कहानी’मा रामचन्द्र,रवी देखि अनिता सम्म (भिडियो)



काठमाडौँ । गायक चेत बहादुर बुढाथोकी र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको नयाँ गीत ‘हाम्रो कहानी’ को भिडियो सार्वजनिक गरिएको छ । गायक बुढाथोकीकै शब्द तथा संगीतमा रहेको उक्त गीतमा रामकृष्ण थापाले संगीत संयोजन गरेका छन् ।

भिडियोमा निर्देशन पनि चेत बुढाथोकीकै रहेको छ । रबि गिरि, अनिता बस्नेत,रामचन्द्र अधिकारी, रेशम फेरिरी, चेत बुढाथोकी, हेम श्रेष्ठ, रोशन भुषाल र सम्झना मायाको अभिनयले भिडियोलाई दमदार बनाएको छ । ओम प्रसाद प्रसाईले छायाँकन गरेको भिडियोको सम्पादन चेत बहादुर बुढाथोकीले गरेका हुन् भने कलर संयोजन श्याम कुँवरले गरेका छन्। भिडियो चेत बहादुर बुढाथोकीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।