विजयको ‘न्यानो साथ’ मा शाहिल र आशिका (भिडियो)



काठमाडौँ । गायक बिजय अर्यालको नयां गीत ‘न्यानो साथ’ सार्वजनिक गरिएको छ । अर्याल सहित यस गीतमा बेनिशा पौडेलको सुमधुर आवाज सुन्न सकिन्छ ।

गीतको भिडियो आदर्श प्रडक्सनको प्रस्तुतिमा बनेको हो । भिडियोमा शाहिल खान र आशिका दाहालको रोमान्स देख्न सकिन्छ । भिडियोलाई विज्ञान राईले निर्देशन, मिलन श्रेष्ठले सम्पादन र सञ्जय लामाले छायाँकन गरेका हुन् ।

विजय अर्यालको शब्द तथा सङ्गीत रहेको गीतमा अर्यालले वेनिशासंग मिलेर आवाज दिएका छन्। गायक अर्यालले यसअघि रामजी ज्ञवालीको चर्चित सर्ट फिल्म हनिमुनमा समावेश एक गीतमा पनि आवाज दिएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.