सुमनले ल्याए अमेरिकाबाट प्रमोदको गीत ‘तिमीलाई छाडी’ (भिडियो)



काठमाडौं। बिगत ६ वर्षदेखि अमेरिकामा बस्दै आएका निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा नयाँ गीत ‘तिमीलाई छाडी’ को भिडियो सार्वजनिक गरेका छन् । यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् । सार्वजनिक गीतमा प्रमोद खरेलको स्वर र टिका भण्डारीको संगीत रहेको छ । अमेरिकामै बस्दै आएका गीतकार ईश्वर प्रवासीले यो गीत लेखेका हुन् ।

निर्देशक सुमन दाहालले यो गीतको छायाँकन अमेरिकाको केन्टकी राज्यको लेन्जिनटन र लुइभिल शहर आसपासमा गरेका हुन् । त्यहाँका निकै सुन्दर दृष्य यो गीतको भिडियोमा समेटिएको छ । गीत जस्तै भिडियो पनि आकर्षण बनेको छ । अमेरिकामा रहेर पनि चलचित्र तथा म्युजिक भिडियो निर्देशनलाई सुमनले निरन्तता दिँदै आएका छन् ।

प्रेम भावको रोमाञ्चक यो गीतको भिडियोमा मोडलद्धय भुवन लोहनी र निश्मा चापागाईंको अभिनय रहेको छ । ‘तिमीलाई छाडी’ गीतको भिडियोमा महेन्द्र निरौलाको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको रँग संयोजन, राम ढकालको पोष्टर डिजाईन रहेको छ । गीतको भिडियोलाई पवन गौतमले छायाँकन गरेका हुन् ।