चलचित्र ‘दिमाग खराब’को गीत ‘बिरामी मुलुक’ सार्वजनिक



काठमाडौँ। तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ । बुधबार संविधान दिवसको अवसर पारेर चलचित्रमा समावेश लिरिकल गीत ‘बिरामी मुलुक’ सार्वजनिक गरिएको हो ।

चलचित्रको सार्वजनिक लिरिकल गीतमा जयन जे वाइवाको शब्द, संगीत तथा स्वर रहेको छ । चलचित्रको सार्वजनिक लिरिकल भिडियोका चल अचल दृश्यमा प्राय सवै कलाकारलाई कारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतका केही शब्दले दर्शकको मन जित्ने देखिन्छ ।

सिनेमा आर्टस र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको चलचित्रमा आकाश बरालको लेखन छ । निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘दिमाग खराब’मा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह आदिको अभिनय छ ।

‘दिमाग खराब’बाट निश्चल ६ वर्षपछि निर्देशन फर्किएका हुन् । रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रमा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.