चलचित्र ‘परदेशी २’ को मार्मिक गीत सार्वजनिक (भिडियो)



काठमाडौँ। नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ को नयाँ गीत सार्वजनिक गरिएको छ । बडादशैंको असवर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘हिजो काम आज काम’ बोलको गीत सार्वजनिक गरिएको हो । निर्माण टिमले बुधवार बिहान सार्वजनिक गरेको यो गीतले परदेशीकै कथा वाचन गरेको छ । सतिश चापागाईँले रचना गरेको गीतमा चलचित्रका अभिनेतासमेत रहेका प्रशान्त तामाङले स्वर दिएका छन् । बि.बि अनुरागीको संगीत र एरेन्ज रहेको छ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको ‘परदेशी २’मा प्रकाश सपुत र दीलिपरायमाझी,प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु लगायतको अभिनय छ ।

गीतकार रमेश बिजीको लेखन रहेको चलचित्रले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको कथा पेस गर्छ । अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरुको कथा–व्यथालाई समेत चलचित्रमा समेटिएको छ । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्धन्द्ध, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।