चलचित्र ‘वानर सेना’को ट्रेलर सार्वजनिक



काठमाडौँ। आगामी असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘वानर सेना’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक २ मिनेट १० सेकेण्ड लामो ट्रेलरमा प्रेम र द्धन्द्वलाई स्थान दिइएको छ ।

अर्पण गिरी (अरमान जंग) को डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘वानर सेना’ गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतीमा निर्माण भएको हो। चलचित्रमा अर्पण गिरी (अरमान जंग), आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बिशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र बिशेष भुमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।

चलचित्रमा विनोद सापकोटाको छायांकन, रवी केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, गीत, प्रविन ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्धन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र बन्दे प्रसादको सम्पाद रहेको छ । चलचित्रको कथा, पटकथा तथा संवाद पनि स्वयंम निर्देशक गिरीले नै लेखेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.