रामबाबुको डीग्री माइलाको मुहर्त,यहि हप्ताबाट छायांकन सुरुहुने



काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘डिग्री माइला: एमए थर्ड क्लास’को शुभ–मुहूर्त गरिएको छ । शनिबार कलाकार तथा प्राबिधिकको उपस्थितीमा  नक्साल भगवती मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै चलचित्रको मुहूर्त गरिएको हो ।

मुहूर्तमा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायत कलाकारको उपस्थित थिए । आगामी शुक्रबार अर्थात (५असोज)बाट ओखलढुङ्गाबाट छायाङ्कन सुरु हुनेछ । 

मण्डला थिएटरमा २०७१ मा तीन पटकसम्म मञ्चन भएको ‘डिग्री माइला’ नाटकको थिमबाट निर्माण हुन लागेको फिल्ममा दयाहाङ राई केन्द्रीय भूमिका छन् । शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित भएर फिल्म बन्नेछ । नाटक पनि यही विषयमा केन्द्रित थियो । 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.