चलचित्र निर्देशक समाजको युके च्याप्टर गठन



लन्डन । चलचित्र निर्देशक समाज’को बेलायत च्याप्टर गठन भएको छ । चलचित्र गोर्खा वारियरको भर्खरै बेलायतमा सम्पन्न ग्राण्ड प्रिमियरमा सहभागी हुन बेलायत पुगेका निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली र महासचिव अरुण कुमार प्रधानको उपस्थितिमा सनम कुमार बैरागीको संयोजकत्वमा यहि २६ गते मंगलबार बेलायत च्याप्टर गठन गरिएको हो ।

यस्तै उप-सयोजकमा फिल्म निर्देशक प्रदीप शाही चयन भएका छन् । उनले पछिल्लो समय फिल्म अन्तिम संस्कार निर्देशक गरेका थिए । बेलायतभरी कर्मथलो बनाएर रहेका नेपाली चलचित्र निर्देशकहरुलाई एउटै छातामुनि ल्याउन र नेपालमा आएर चलचित्र सम्बन्धि काम गर्दा सहज बाताबरण बनाउने उद्देश्यले यो च्याप्टर गठन गरिएको महासचिव प्रधानले बताए ।

बेलायतबासी अन्य नेपाली चलचित्र निर्देशकहरुलाई भने सदस्यमा राखिने बताईएको छ । निर्देशक समाजको बेलायत चाप्टर गठन कार्यक्रम इनास युके चलचित्र प्रबर्द्धन समिती तथा संयोजक मनिष श्रेष्ठको आयोजनामा उक्त कार्यक्रम भएको थियो । सो कार्यक्रममा कलाकार संघको युकेको सहसचिब तथा नायिका सृजना निङ्लेखु, चलचित्र निर्माता पर्शुराम राई, निर्देशक आर्यम नकर्मी, सबिन श्रेष्ठ, दिपेश सिलवाल, आषिश श्रेष्ठ, प्रकाश श्रेष्ठ, अनिता ताम्राकार, राजेन्द्र खस लगायत इनास युकेका अध्यक्ष बिनोद चिपालु लगायतका चलचित्रकर्मीको उपस्थिति रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.