साम्राज्ञी चलचित्र ‘नाङ्गो गाउँ’को प्रचारमा किन देखिइनन् ?



काठमाडौँ। दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘नाङ्गो गाउँ’ शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, बुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ । स्टार कलाकारहरू भिड रहे पनि चलचित्रको प्रचारप्रसारमा भने कलाकारहरुले खासै साथ दिएको देखिएको छैन । दयाहाङ र मिरुनाले प्रचारमा केही समय साथ दिए पनि अन्य कलाकारहरू खासै देखिएनन् । साम्राज्ञी त फिल्मको औपचारिक कार्यक्रमदेखि अन्य प्रचारप्रसारमा पनि देखिइनन् ।

उनी प्रचारप्रसारमा नदेखिनुको कारण निर्माणपक्षले खुलाएको छैन । चलचित्रमा उनी र कार्मलाई रोमान्टिक रुपमा समेत प्रस्तुत गरिएको ट्रेलरमा देख्न सकिन्छ । साम्राज्ञीका गतवर्ष २ वटा फिल्म असफल भएका कारण यो फिल्म चल्नु उनका लागि फाइदाजनक छ । तर, प्रचारप्रसारमा उनले गरेको वेवास्ताले भने धेरैलाई आश्चर्य बनाएको छ ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको चलचित्रमा जय श्रेष्ठको लगानी छ । चलचित्रका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । चलचित्रमा बनिष शाहको सम्पादन छ ।