जनैपूर्णिमाको दिन ‘ऐंचो पैंचो’ को सुखद सुरुवात



काठमाडौँ। जनैपूर्णिमाको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ऐंचो पैंचो’ले सुखद सुरुवात गरेको छ । निर्माण टिमका अनुसार चलचित्रको बिहानी शोमा ३० प्रतिशत ओपनिङ भएपनि दिउँसो २ पछिको शोमा भने ८० प्रतिशत आसपासको अकुपेन्सी मिलेको छ ।

निर्देशक कृषा चौलागाईले जनैपूर्णिमाका कारण बिहानी शो केही कमजोर देखिएपनि दिउँसोबाट पिकअप लिएको बताइन् । अभिनेत्री स्वस्तिमा खड्का र बर्षा राउतले पनि दिउँसोको शोमा दर्शकको राम्रो साथ पाएकाले आफुहरु दर्शक प्रतिक्रिया लिन हल पुगेका थिए । हल सञ्चालकहरुले हाम्रो हलमा दिउँसोका शोहरु हाउसफुल छन् आउनु होला भनेकाले आफुहरु उत्साहीत भएर दर्शक प्रतिक्रिया लिन पुगेको बताए ।

निर्देशक चौलागाईले एफक्युब, क्युएफएक्स लबिम, सिभिल र भक्तपुर पुगेर दर्शक प्रतिक्रिया लिएको बताइन् । हामीलाई सिनेमा हेरेका दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । भोली शुक्रबार र पर्सी शनिबार बिदा भएकाले पनि दर्शक सङख्या अझै बढ्ने विश्वास व्यक्त गरिन् । बिहीबार निर्माता विशाल चौलागाई, अभिनेत्री स्वस्तिमा र बर्षा, अभिनेता कोशिस क्षेत्री र सुशिल सिटौला विभिन्न राजधानीमा हलमा पुगेर दर्शक प्रतिक्रिया लिएका थिए । आज सिनेमाको निर्माण टिम र कलाकार पुगेका सवै हलमा शो हाउसफुल थिए ।

चलचित्रका वितरक रोहीत कट्टेल र रत्न श्रेष्ठ पनि सिनेमाले राम्रो ओपनिङ गरेपछि खुशी देखिएका छन् । वितरक कट्टेलले भने चलचित्रले बिहीबार राम्रो ब्यापार गरेकाले शुक्रबार र शनिबारका लागि धेरै ठाउँमा शोहरु थपिएको बताए । अब विकेण्डमा दर्शकबाट सकारात्मक वर्ड अफ माउथ मिलेको खण्डमा राम्रो ब्यापार गर्ने अपेक्षा वितरकद्धय कट्टेल र श्रेष्ठको छ । उनीहरुले काठमाडौं उपत्यकामा मात्रै नभई मोफसलमा पनि सिनेमाले राम्रो सुरुवात गरेको जानकारी दिएका छन् ।

‘काले केटाले’ गीतका कारण चर्चामा रहेको ‘ऐंचो पैंचो’ले राजनीतिलाई मियो बनाएर कथावाचन गरेको छ । पूर्वी नेपालमा रमणीय स्थानमा खिएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.