प्रियंकाको किसले तात्यो बलिउड


rhitik-priyanka-chopada
चेन्नई एक्स्प्रेसले दर्शक तानी रहँदा इन्टरनेटमा हृतिक रोशन र प्रियंका चोपराको आगामी चलचित्र ‘क्रिस ३’ को चर्चाले हंगामा मच्चाईरहेको छ । नायक हृतिक र प्रियंकाको रोमान्सले अहिले बलिउड बजार तातेको छ। सुपरम्यान शैलीमा ह्रतिकले प्रियंकालाई गरेको किसले अहिले बलिउड निकै गरम भएको छ । ह्रतिकले झुण्डिएर प्रियंकालाई गरेको लिपलक किसलाई चलचित्रमा राखिन्छ या राखिदँदैन त्यो पक्का नभएपनि यसले धेरैको ध्यान तानेको छ।

चलचित्रमा उक्त किसको दृश्य स्पाइडरम्यानबाट प्रभावित भएर नै गरिएको बताइएको छ । स्पाइडरम्यानकै शैलीमा झुण्डिएर माथीबाट प्रियंकालाई किस गरेको दृश्य चलचित्रमा समावेश भए त्यसले चलचित्रलाई निकै माथी पुर्याउने अनुमान समेत गरिएको छ। केही दिनअघी प्रोमो सार्वजनिक भएपछी सुरू भएको क्रिस-३ को चर्चाले किसको दृश्यले झन् धेरै चर्चा बबटुलेको छ।