मुकुनको दुई चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा



काठमाडौँ। आज जनैपूर्णिमा र गाईजात्रा पर्व परेकोले शुक्रवारबाट प्रदर्शन हुने क्रमलाई रोक्दै आजबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन्। दुवै चलचित्रका मुख्य पात्र मुकुन भुषाल हुन्।

कृषा चौलागाईं निर्देशित चलचित्र ‘ऐँचो पैँचो’ मा मुकुन संगै स्वस्तिमा खड्का, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सविन अधिकारी निर्देशित चलचित्र ‘गणपति’मा मुकुनको साथमा मेनुका प्रधान,कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ ।

“मलाई गाह्रो नभएको त होइन तर, यो व्यावसायिक पाटो भएकाले निर्माताको नै पूर्ण निर्णय हो”, अभिनेता भुसालले भने, “एकै दिन दुई चलचित्र प्रदर्शन हुँदा एउटा सफल र अर्को असफल हुँदा मलाई नै घाटा हुन्छ । यद्यपि फरक विधा र विषयले गर्दा दर्शकको मन दुवैले जित्छ भन्ने लागेको छ । यो समयमा दुई चलचित्रभन्दा बढी शुभकामना मलाई चाहिएको छ ।”

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.